श्री सोनाम छिरिङ लेप्चाको निधनमा सम्माननीय मुख्यमन्त्रीको शोक सन्देश

श्री सोनाम छिरिङ लेप्चाको निधनमा सम्माननीय मुख्यमन्त्रीको शोक सन्देश

श्री सोनम छिरिङ्ग लेप्चा एक लोक संगीतकार, रचनाकार र गीतकार थिए तथा १९६० मा अल इन्डिया रेडियो (एआईआर) मा प्रसारित हुने लेप्चा समुदायका पहिलो व्यक्ति थिए। उनी लेप्चा संस्कृतिको प्रवर्धन र पुनर्जीवनका लागि पनि परिचित थिए।

उहाँ १९९५ मा प्रतिष्ठित संगीत नाटक अकादमी पुरस्कारद्वारा सम्मानित हुनुभयो र लोक संगीतमा उनको योगदानका लागि २०१२ मा भारत सरकारद्वारा पद्मश्रीले पनि सम्मानित हुनुभएको थियो। उनी सङ्गीत नाटक टेगोर रत्न पुरस्कारका लागि शीर्ष ५० मा पनि सम्मिलित हुनुहुन्थ्यो, साथै २०२० मा गोरखा क्षेत्रिय प्रशासनले उनलाई लाइफटाइम अचीवमेन्ट पुरस्कारपनि प्रदान गरेको थियो।

श्री सोनम छिरिङ्ग लेप्चाका आदिवासी उपकरण र पांडुलिपिहरू साथै पुराना कलाकृतिहरू सहित कालिम्पोङ्गमा रहेको संग्रहालयको संस्थापक पनि हुनुहुन्थ्यो।
उहाको परिवारप्रति मेरो गहिरो सहानुभूति सहित यस शोकको घडीमा उहाँहरुलाई इश्वरबाट सहनसक्ने सामर्थ्य प्राप्तहोस भन्ने कामना राख्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *